पोखरा । विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुमा अन्तरनिहित नविनतम सोंचलाई उजागर र मार्गनिर्देश गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टप पुरस्कार रहेको हल्ट प्राइज अन्तर्गतको हल्ट प्राइज एट पोखरा युनिभर्सिटीको २०२१/२०२२ संस्करणको टीम एण्ड थीम अनाउन्समेन्ट प्रोग्राम पोखरामा सम्पन्न भएको छ ।
हरेक वर्ष विभिन्न विधाहरुमा उद्यमशिल परियोजनाहरुको चुनौती प्रतियोगिताको रुपमा सञ्चालन हुने उक्त कार्यक्रममा यस वर्ष हल्ट प्राईज फाउन्डेसनले २०२४ साल भित्र २००० जनालाई रोजगारी प्रदान गर्नका लागि चुनौती सार्वजनिक गरेको हल्ट प्राईज पोखरा विश्वविद्यालयका क्याम्पस निर्देशक प्रशान्त भुषालले बताए ।
यस चुनौतीको आधारमा विद्यार्थीहरुले प्रेजेन्टेसनमार्फत व्यापारिक योजना प्रस्तुत गर्ने उनले वताए । अन क्याम्पस बाट सुरु हुने उक्त प्रतियोगिताका विजयीहरु रिजनल समिटमा प्रतिस्पर्धा गर्ने छन् । त्यहाँबाट छनौट भएको टोली ग्लोबल एक्सीलेरेसनबाट गाला एण्ड अवार्ड सेरेमोनी गरी चारवटा चराणमा विजयी हुने छन् ।

यस अन्तरराष्ट्रिय स्तरको कार्यक्रममा विजयी टोलीले १ मिलियल डलरको ग्लोबल स्टार्टप पुरस्कार प्राप्त गर्नेछन् । १२० भन्दा बढी देशका ३००० भन्दा बढी विश्वविद्यालय तथा क्याम्पसहरु आवद्ध हल्ट प्राईज फाउन्डेसनको परिकल्पनाकार पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन लगायतका विश्व प्रसिद्ध व्यक्तित्वहरु हुन ।
सन २०१७ मा स्थापित हल्ट प्राइज पोखरा विश्वविद्यालयलाई यस वर्ष भने वर्ष २०/२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्नेछन् । उक्त कार्यक्रममा उनले २१ सदस्यीय आयोजना कमिटी घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै हल्ट प्राईज नेपालका कम्युनिटी बिल्डर आषिश लामिछानेले स्थापना भएको चार वर्ष वितिसक्दा सयौंको संख्यामा व्यापारिक पारी योजनाहरु प्रस्तुत भईसक्दा पनी थोरैले मात्र आफुलाई बजारमा स्थापित गर्न सकेको वताए ।
यस वर्ष धेरै भन्दा धेरै योजनालाई मुर्त रुप दिनु नै हाम्रो प्रमुख उद्देश्य रहने उनले जनाए । यसै गरी विगतमा भएका उपलब्धीलाई कायम गर्दै यस वर्ष थप सुदृढ ढंगले हल्ट प्राइज फाउनडेसनद्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापुर्वक सम्पन्न गर्ने आयोजकको प्रतिवद्धता रहेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







