यस वर्षको सहारा उत्कृष्ट सदस्यबाट हिराचन सम्मानित हुँदै


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित




पोखरा । यस बर्षको सहारा उत्कृष्ट सदस्यबाट राम प्रसाद हिराचन सम्मानित हुने भएका छन् ।

पोखराको सहारा क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते हिराचनलाई सम्मान गरिने भएको क्लवले जनाएको छ ।

हिराचनले सहारा क्लव सहित सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै क्लवले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गर्ने भएको हो । मुस्ताङ मार्फाका हिराचन विगतका बर्ष देखि पोखरा ९ मा बस्दै आएकाछन भने २०५७ साल देखि सहारा क्लवमा आबद्ध भएको हुन ।

विनु राना मगरको संयोजकत्वमा गठित उपसमितिले उनलाई सम्मान गर्ने गरेको सिफारिसको आधारमा क्लवले अनुमोदन समेत गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । अन्य सदस्यमा भने तिलक बहादुर क्षेत्री र ज्योती केसी रहेका छन् ।


यही भदौं ३० गते यस बर्षको खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट दीपक परियार लाई पुरस्कृत गरिने भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।