बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्नप्रथमअधिबेशनतथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरको हो । सस्थाको उपाध्यक्षमा उर्मिला ढकाल चयन भएकी छन् ।
यस्तै सचिवमा रेनु थापा लामिछाने, कोषाध्यक्षमा राम ढकाल, सहसचिवमा रमा शिवभक्ती चुनिएकी छन्। यस्तै सदस्यहरुमा बासु बराल, चन्द्रकला घिमिरे पहारी, गौमाता कुवँर, मिठु गिरी, शोभाखर सुनार, जानुका पौडेल, कृष्ण शाक्य, चन्द्र रानाभाट, हरि ढकाल र सिता पौडेल चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघी भएको संस्थाको अधिबेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगतबहादुर पहारीले वडा न ६ रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य बगैचा टोल विकास संस्था अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोरमैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको प्रस्टाए । बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकी मजदुर देखी सम्पूर्ण वडाबासीहरुलाई कोभिड रोग विरुद्दको खोप उपलब्ध गराउनआफुले जति सक्दो छिटो स्थानिय देखी प्रदेश सरकारसँग माग गरको जानकारी दिए । डिहिकोपाटनदेखी वडा कार्यलय हुदै मालपोत कार्यलय सम्मको सडक जिड रहेको बताउदै,मर्मत सुधार गर्ने प्रदेश सरकार सगँताकेता गरीराखेकोले एकदुई महिनाभित्र सडकको मर्मत कार्यको थालनिहुने जानकारी समेत दिएका थिए ।
बिषेश अतिथि टोल सुधार समन्वय समितिका बैदाका पूर्व अध्यक्ष तथा रेडक्रस बैदामका सभापति गिरीराज अधिकारीले वडा समिति बैदामकापदाधिकारीहरुले गरेको सानो भन्दा सानो कामलाई बढाई चढाई गरि काम गरेको देखाउन सेल्फी खिच्ने मोह बढेकोमा गुनासो पोखेका थिए । उनले सस्थाले समाजमा रहेको विकृति विसंगतिसहित अन्धविकासको बारेमा जनचेतना फैलाउन आग्रह गरे ।
अध्यक्ष मिना ढकालले संस्थाले आफ्नो क्षेत्र भित्र फोहोरमैला ब्यवस्थापन देखीका ेभिड र डेङ्गु रोगको बारेमा जनचेतनासहित पर्चा पम्प्लेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन ।
अध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव रेनु थापा लामिछाने सल्लाहकार प्रेमनारायण अधिकार, सल्लाहकार बलराम गिरी, मिडिया सल्लाहकार गणेश पहारी, सदस्य बासु बराललगायतका वक्ताहरुले संस्थाले समाजमा पु¥्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाव दिएका थिए ।
कार्यक्रममा सचिब रेणु थापा लामिछानेले प्रस्तुत गरेको प्रगतिप्रतिबेदन र कार्यबाहक कोषाध्यक्षबासु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







