भाद्र २९ स्याङ्जा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियु) ले गत भाद्र २५ गते गठन गरेको जिल्ला कमिटीलाई बिस्तार गर्दै पूर्णता दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को भातृ सङ्गठन अनेरास्ववियू स्याङ्जाको अध्यक्षमा सन्तोष वोस्ती, उपाध्यक्षमा अमृत खनाल, सुजता पौडेल र दिनेश चापागाईं, सचिवमा शिव भट्टराई, सह–सचिवमा समिर रेग्मी, कल्याण कण्डेल र गणेश तिमेल्सीना रहेका छन् भने कुशल तिवारी कोषाध्यक्ष रहेका छन् ।
संगठनका स्याङ्ग्जा जिल्ला अध्यक्ष सन्तोष वोस्तीको अध्यक्षता र नेकपा एसका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट पारित निर्णयलाई २९ गते मङ्गलबार ३७ पदाधिकारी र सदस्य चयन गर्दै पूर्णता दिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







