त्रिविका सबै कलेजहरु भौतिक उपस्थितिमै आज (शुक्रवार) देखि खुल्दैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजहरुमा भौतिक उपस्थितिमै कक्षा संचालन हुने भएको हो।
कोरोना महामारीको संभावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा संचालन गरिने त्रिविले जनाएको छ। गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने निर्णय गरेको थियो।
पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज संचालन गरिने जनाइएको छ। यसअघि, महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा संचालन भइरहेको थियो।
हाल, नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पस १ हजार ४ सय २५ वटा छन्। जसमा १ सय ३७ आङ्गिक, ५ सय ८ सामुदायिक र ७ सय ८० निजी क्याम्पस संचालनमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







