शिव शिखरको रक्तदानमा ३७ यूनिट संकलन


     एभरेस्ट आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित




पोखरा । शिव शिखर बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३७ यूनिट रगत संकलन भएको छ ।

संस्थाको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष धनवहादुर नेपालीले शाखा प्रवन्धक रमेश न्यौपानेलाई रक्तपोका हस्तान्त्रण गर्दै उद्घाटन गरे ।

सहकारीले सामाजिक क्षेत्रमा पनि उल्लेख्नीय कार्य गरेको भन्दै वडाध्यक्ष नेपालीले प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्वका गतिविधिलाई अझ निरन्तरता दिन संस्थालाई आग्रह गरे ।

संस्थाले स्थापनको तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम सम्पन्न गरेको प्रबन्धक न्यौपानेले बताए ।

सामाजिक आर्थिक विकासका लागि शिव शिखर भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो स्वास्थ रहौं समृद्ध बनौं भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम उनले जानकरी दिए ।

रक्तदान कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो ।

कार्यक्रम क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो । कार्यक्रमको सञ्चालन संस्थाकी सुस्मिता न्यौपानेले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।