वडा बालसंरक्षण समिति वडा नम्बर १५ को संयोजकमा पौडेल


     जुना थापा     
     असाेज २ गते २०७८ मा प्रकाशित





पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ बाल संरक्षण समितिको संयोजकमा वडा नम्बर १५ का  वडाध्यक्ष प्रकाश पौडेल चयन भएका छन् ।

१८ सदस्यीय वडा बालसंरक्षण समितिको सचिवमा मीना पौडेल,  सदस्यहरुमा वडा सदस्य पार्वती कार्की, मन्दिरा परियार, तोरण बानियां, रुकबहादुर गुरुङ, गुरुदत्त कोइराला, कृष्ण बास्तोला, जीवन गुरुङ, सुस्मिता विस्वकर्मा, निसान उचाई, मिना पौडेल, सरस्वती अधिकारी, राजसिड जलारी, मुक्तिलाल गुरुङ, भरतकुमार श्रेष्ठ, केशव पौडेल रहेका छन् । 

पोखरा महानगरपालिकाले बालमैत्री महानगर घोषणा अभियानका लागि सबै वडामा बाल संरक्षण समिति गठन गरी बालबालिकाको अवस्था पत्ता लगाइ उनीहरुको वृत्ति, विकास, संरक्षण गर्न निर्देशन दिएको छ । 

महानगरले वडा बाल संरक्षण समिति गठन प्रक्रियामा संयोजकमा वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य, सदस्यमा वडा सचिव , सदस्यहरुमा वडा सदस्यहरु, वडास्थित सरकारी विद्यालयको प्रमुख वा विव्यसको अध्यक्ष, स्वास्थ्य संस्था प्रमुख, वडा प्रहरी कार्यालय प्रमुख, वडास्तरमा क्रियाशील सहकारी, आमा समूह, टालविकास संस्थाका प्रमुख, वडा बालमन्च प्रमुख, आमन्त्रित सदस्य रहने व्यवस्था छ । सोही अनुरुप समिति गठन गरिएको र वडा नम्बर १५ लाई महानगरले तय गरेको विभिन्न सूचक पूरा गर्दै बालमैत्री वडा बनाउन लागिएको पनि संयोजक प्रकाश पौडेलले बताए । 

समिति गठनसहित समितिको काम , कर्तव्य र अधिकारबारे अभिमुखीकरण कार्यक्रमको अध्यक्षता प्रकाश पौडेल र सन्चालन केशव पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।