नेविसंघ पीएन क्याम्पस कमिटिद्वारा क्याम्पसमा बीपी पार्क घोषणा, सरसफाइ र वृक्षारोपण


     शुभसन्देश गाैतम    
     असाेज २ गते २०७८ मा प्रकाशित




पाेखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस परिसरमा बीपी पार्क घाेषणा, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।

नेपाली कांग्रेसका सर्वाेच्च नेता तथा नेपाली राजनीतिका लौह पुरुष स्वर्गीय गणेशमान सिंहको २५ औं स्मृती दिवस पारी शुक्रबार उक्त कार्यक्रम गरिएकाे हाे । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी काेइरालालाई सम्मान गर्दै सम्पूर्ण सहिदहरुको सम्झना स्वरुप नेविसंघले बीपी पार्क घाेषणा गरेकाे हाे ।

साथै, उक्त पार्कमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरी तमाम सहिदहरुप्रति श्रद्धासुमन अर्पण गरेको नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई कार्यसमितिका सभापति गौरब बरालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।