नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ।
शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकले गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकेको हो।
अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो।
प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंँगै पौडेलले ‘बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह, त्यसैको जगमा बलियो संगठन’ निर्माण गर्ने बताएका छन्।
उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय रहने बताए।
अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। २०७२ मा भएको अनेरास्वबियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित थिए
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






