संविधान दिवसमा ९०३ जनालाई विभिन्न विभूषण प्रदान


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित




संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेकी छन्।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपाल रत्न १ जनालाई, राष्ट्र गौरव २ जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी ५ जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी ५ जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी १ जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी ८ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलंकार ४ जनालाई, नेपाल सेवा प्रवीण २ जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर ७ जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर ३ जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिएको छ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी ३ जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक ७ जनालाई, वीरता पदक ७ जनालाई, विकासरत्न पदक १ जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक ९ जनालाई प्रदान गरेको जनाइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।