संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदीलाई माफी दिएकी छन्।
त्यसैगरी ५ सय २३ कैदीको कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनालाई कैद सजाय माफी दिएकी हुन्।
त्यसैगरी, संविधान दिवसका अवसरमा हर्कबहादुर राईसमेत ५ सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो। २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा सरकारले राम्रो आचारण भएका कैदी बन्दीलाई सजाय माफी दिनसक्ने व्यस्वस्था छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







