नेपाली कांग्रेसले क्रियाशिल सदस्य देवबहादुर सुनार (राजेश)को निधन भएकोमा दुःख व्यक्त गरेको छ । कांग्रेस नेपालीकाग्रेस वडा इकाई ६ बैदामले सुनारको निधन भएको सातौं दिन सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार मन्त्री कुमार खड्काले सुनारको निधनले कांग्रेसले एक असल योद्धा गुमाएको बताए । उनले साजिक क्षेत्रमा सुनारले गरेको योगदानलाई काँग्रेसले मात्र नभएर सारा बैदामबासीले स्मंरण गर्नु पर्ने बताए ।
पोखरा महानगर पालिका वडा न ६ बैदामकाअध्यक्ष जगत बहादुर पहारीले सुनार असल र इमान्दार सामाजिककार्यकर्ता भएको बताउदै उनको निधनले समाजमा ठुलो क्षेती पुगेको बताए ।
नेपालीकाग्रेस सुभेच्छुक संस्था समन्वयबिभागका सदस्य तथा पूर्व वडा इकाइ सभापति दिपकबीर कुवँरले सुनारले नेपाली कांग्रेस वैदामलाई गरेको सहयोगको स्मंरण गर्दै पार्टीले असल र इमान्दार कार्यकर्ता गुमाएको बताए ।
सभापति सन्तोष पौडेलले नेपालीकाँग्रेसको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहि पार्टीलाई पुर्याएको योगदानको बैदाम कांग्रेसले सधै मुल्याङ्ककन गर्ने ब्ताए ।
सभापति सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राममाया विश्वकर्मा, सचिव प्रकास न्यौपाने र मृतकका भाई अशोक सुनार लगायतले देवबहादुर सुनारले समाज र नेपालीकाग्रेस पार्टीप्रति दिएको योगदानको चर्चा गर्दै उनले गरेको योगदानको मुल्याङ्घन हुन सके मात्र उनिप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






