प्रतिकात्मक तस्बीर
नेपाली काँग्रेसको वडा अधिवेशन गर्न बाँकी रहेका ७ जिल्लामा आज (मंगलबार) वडा अधिवेशन हुँदैछ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत विभिन्न सात जिल्लामा आज वडा अधिवेशन हुने भएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन हुन लागेको हो। करिब ३० हजार क्रियाशील सदस्यता रहेको काठमाडौँ जिल्लामा पनि मंगलबार नै वडा अधिवेशन हुनेछ।
विभिन्न ११ वटा स्थानीय तह रहेको काठमाडौँमा १ सय ३८ वडा छन्। यसअघि, ५७ वटा जिल्लामा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ।अब क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेका १३ जिल्लाका वडा अधिवेशनका लागि भने अलग्गै कार्यतालिका सार्वजनिक हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






