तस्बीरः एजेन्सी
ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न गएको टोली आज (मंगलबार) बिहान स्वदेश फर्किएको छ।
नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले २ जित निकालेको थियो।
नेपालले ओमानविरुद्ध १ जित र एक हार बेहोरेको थियो भने अमेरिकासँग पनि सोही नतिजा निकालेको थियो।
सिरिजपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अंक जोडेको छ।
ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ।
त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध २ खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। नेपालले त्यस सिरिज २–० ले जितेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







