Exif_JPEG_420
हिमालय बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम मंगलबार हेमजामा सम्पन्न भएको छ । हिमालय बचत तथा ऋण सहकारी सँस्था लि.को आयोजना एवं रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, सल्लाहाकार मादबशरण पौडेल लगाएतले आफनो भनाइ राखेका थिए ।
लेखा समिति संयोजक भरतराज अधिकारीले स्वागत गरि सुरु गरको कार्यक्रममा शिक्षा उपसमिति संयोजक मनहरी तिमिल्सिनाले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मेगराज त्रिपाठीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







