नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन भोलि (बुधबार)देखि पोखरामा हुने भएको छ । भोलिदेखि शुरु हुने सम्मेलन असोज ८ गतेसम्म हुने अखिल क्रान्तिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
तीन दिनसम्म हुने अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।
सम्मेलन शुरु हुनुअघि अखिल क्रान्तिकारीले ¥याली निकाल्ने भएको छ । पोखराको पृथ्वीचोकबाट शुरु हुने ¥याली मानवअधिकारचोक चिप्लेढुंगामा पुगेर सम्मेलन उद्घाटन शत्रमा परिणत हुने अध्यक्ष ढकालले बताए ।
अखिल क्रान्तिकारीले असोज ६ गते सम्मेलनको उद्घाटन शत्र र असोज ७ र ८ गते बन्द शत्र हुने जनाएको छ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र हुने सम्मेलनको बन्द शत्र पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुने अध्यक्ष ढकालले जानकारी दिए ।
अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए । उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए ।
सम्मेलन अघि अखिल क्रान्तिकारीले पोखराको फेवातालको जमिन व्यक्तिले आफ्नो नाममा पारेको विरोधमा बुधबार विहान प्रदर्शन गर्ने भएको छ । ‘सम्पदाको दुरुपयोग, अतिक्रमण र दोहनबिरुद्ध खबरदारी स्वरुप हामीले प्रदर्शन गर्न लागेका हौं’–अध्यक्ष ढकालले भने । उनले फेवाताल अतिक्रमणको विषयलाई अहिले सांकेतिक रुपमा विरोध गरेपनि पछि सशक्त प्रतिरोधात्मक कार्यक्रम गर्नेपनि बताए ।
अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि हुने जनाइएको छ । सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






