हिजो सोमबार परेको चट्याङले लागेर एक जनाको मृत्यू भएको छ । गएराती अन्दाजी १० बजेको समयमा परेको चट्याङले लागेर बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ७ बगैका ६५ वर्षिय मुमबहादुर सार्कीको मृत्यू भएको हो ।
सोहि चट्याङले लागेर मृतक सार्कीका भाई ६० वर्षिय सहबिर नेपाली, मृतक सार्कीका बुहारी १८ वर्षिया विपना नेपाली र छिमेकी ५५ वर्षिय लालबहादुर नेपाली घाईते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोहि चट्याङले लागेर सार्कीले पालेको एउटा भैंसीसमेत मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







