तस्बीरः एजेन्सी
नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपाल छनोटको समूह चरणबाट बाहिरिएको हो।
हङकङसँग बराबरी खेलेपछि नेपाल आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्नबाट वञ्चित भएको हो। नेपाल पुछारमा रहेको छ।
उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाएपनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो। हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो। यसअघिको २ भेटमा नेपाल पराजित भएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो।
दोस्रो स्थानको हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ। हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । हङकङले १ खेलमा १ अंक जोडेको छ।
शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ। समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







