'Pearls' Exhibition Openning at the Museum of Islamic Art yesterday. Pic: Qassim Rahmatullah.
नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दरबार संग्राहलय अवलकोनका लागि गएका रुकुम घर भई काठमाडौं बस्दै आएका ती युवकले श्रीपेच चोर्ने प्रयास गरेको प्हरीको आरोप छ ।
आरोपित युवकले संग्रहालयमै रहेको खुकुरी निकालेर श्रीपेच राखेको सिसा फुटाउन खोजेपछि नेपाली सेनाले नियन्त्रणमा लिएको प्रहरी श्रोतले बताएको छ ।
पक्राउ परेका युवक मानसिक रोगी हुनसक्ने प्रहरीको भनाई छ । आफूपनि पूर्व राजालेजस्तै श्रीपेच लगाउनका लागि ती युवकले श्रीपेच चोर्न खोजेको हुनसक्ने नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन् । यद्यपी यसको पुष्टि भइनसकेको उनले बताए ।
श्रीपेच चोरीबारे थप अनुसन्धान भइरहेको संग्राहलयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







