प्रतिकात्मक तस्बीर
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज (शनिबार) पालिकास्तरीय कार्यसमिति चयन हुँदैछ।
कास्कीका केही पालिकाहरुमा सर्वसम्मत पदाधिकारी तथा सदस्यहरुसहितको नेतृत्व चयन भएको छ भने कतै प्रयास जारी छ।
पोखरा महानगर र माछापुच्छ्रेको पदाधिकारीमा मात्रै निर्वाचन हुदैछ । ति पालिकाहरुमा सदस्यहरु सर्वसम्मत भइसकेका छन्। पोखरा महानगरपालिकामा यसअघि नै मनोनयन भइसकेका छन्।
पोखरा महानगरभित्र सभापतिका लागि ६ जना आकांक्षी छन्। पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार तथा महिला ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।
उपसभापतिमा पनि ६ जनाले मनोनयन दर्ता गराएका छन्। कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बरालले उपसभापतिका लागि मनोनयन दर्ता गराएका छन्। २ जना निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन्। सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराएका छन्।
सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले मनोनयन दर्ता गराएका छन्। कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य पालिकाहरुमा पनि सदस्यको प्रतिस्पर्धा खासै छैन। पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउनेछन्।
माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन्। पालिकाको कार्यसमिति चयन गर्न क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन्।
आजबाट सुरु हुने निर्वाचन दसैँअघि सक्ने नेपाली काँग्रेसको बुधबार बसेको पदाधिकारीको बैठकले निर्णय गरिसकेको छ। उक्त बैठकले प्राय सबै पालिकाको निर्वाचन दसैँअघि सक्ने र बाँकी दसैँपछि सक्ने निर्णय गरेको थियो।
यसअघि काँग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। योसँगै काँग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ। काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







