निःशूल्क स्वास्थ्य सिविर सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा लेडि जेसिजको आयोजना तथा हाम्रो परिवर्तन नेपालको सहकार्यमा शनिबार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका– १८ स्थित बाल सुधार गृहमा रहेका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा ९० जनाको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाले जनाएको छ ।

पोखरा लेडि जेसिसका अध्यक्ष कमला शर्मा कडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा पोखरा–२४ का वडाध्यक्ष ओम प्रसाद सुबेदी, समाजसेवी अमला भट्टचन, पोखरा लेडि जेसिजका पुर्व अध्यक्ष गिता सिग्देल, हाम्रो परिवर्तन नेपालका अध्यक्ष डा.ढाका श्रेष्ठ, बाल सुधार गृहका इन्चार्ज रमा शर्मा लगायतले बोलेका थिए ।

हाम्रो परिवर्तन नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष डा.ढाका श्रेष्ठ, सह–सचिव अभिमन्न्यु पाण्डे , डा.अमुल क्षेत्री ,नर्सिङ प्रध्पापक मिनु श्रेष्ठ, ल्याब टेक्नोलोजीस्ट अशोक गौतमले स्वास्थ्य जाँच गरेको संस्थाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।