पोखराका यी स्थानमा आज दिउँसो विद्युत सेवा अवरुद्ध हुँदैछ


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७८ मा प्रकाशित




पोखराका विभिन्न स्थानहरुमा आज (सोमबार) दिँउसो विद्युत सेवा अवरुद्ध हुने भएको छ।

विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले दिएको जानकारीअनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुगखोलालगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो।

सोमबार दिउसो साढे १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेको हो। रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नुपरेको प्राधिकरणले बताएको छ। सोमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने प्राधीकरणको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।