कार्तिक १८ पोखरा । मंगलबार कास्कीमा थप ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका २६९ जनामा गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
मंगलबार मात्रै कास्कीको पोखरा महानगरपालिकाका ६९ र मादी गाउँपालिकाका २ जना संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीमा हालसम्म २ हजार ७९३ जनामा संक्रमण भएको छ । यस्तै ७७२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ९८८ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

हालसम्म गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ८ हजार पुगेको छ । आज मात्रै प्रदेशका विभिन्न जिल्लाका गरि १३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म प्रदेशभर ११६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको ज्यान गुमेको छ । हाल सम्म ८८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यस्तै प्रदेशमा संक्रमण पुष्टि भएका मध्य ४,५२२ जना संक्रमणमुक्त भएका छन् । अब प्रदेशमा ३, ३९० जना आइसोलेसनमा रहेको जनाइएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







