पोखरामा जारी ए डिभिजन फुटसलमा घरेलु टोली क्यासलको शिर्षस्थान कायमै


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ ।

बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले हराउँदै शिर्षस्थानमा यथावत रहन सफल भएको हो । क्यासलको जितमा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक/एक गोल गरे । क्यासलले खेलका पाँचौ मिनेटमै अग्रता लियो । विजय गुरुङले क्यासललाई अग्रता दिलाए । यस्तै १४ औं मिनेटमा खिमराजले गोल गरे ।

१५ औँ मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे । किशोर गुरुङले खेलको १६ औं मिनेटमा तथा खिमराजले १८ औं मिनेटमा गोल गरे । क्यासलले दोस्रो हाफमा भने कुनैपनि गोल गर्न सकेन् । झरनाका लागि नारायण थापा मगरले २९ औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको क्यासलको १६ अंक रहेको छ भने समान खेल खेलको झरना अंक विहिन छ ।

बुधवार सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलको ६ खेलबाट १४ अंक रहेको छ । शंखमुलले खेलको सुरुवातदेखिनै लुम्बिनीलाई दबाबमा राख्यो । शंखमुलको जितमा विवेक पण्डितले ८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

त्यसको १ मिनेटमा लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३ औं मिनेटमा पुन शंखमुलले अग्रता लियो । क्रिजल खड्काले गोल गर्दै पुनः अग्रता दिलाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।