मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले आजदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताए ।

मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको उल्लेख गर्दै मन्त्री थापाले समाचार संकलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा बिशेष ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याए। मानव अधिकार उल्लंघनको घटनाको ठुलो समाचार बनेपनि संरक्षण भएको विषयको भने सानो समाचार बन्ने गरेको भनाई मन्त्रीको थापाको छ ।

‘पत्रकारको काम जनतालाई सुसूचित मात्र होइन मानवअधिकारको वकालत गर्नु पनि हो’ उनले भने, ‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतालाई सुसूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’

मानव अधिकार सम्बन्धि सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने मन्त्री थापाले बताए। प्रदेशको आम सञ्चार विद्ययक सञ्चारमैत्री बनाइने मन्त्री थापाले बताए । सञ्चार विद्ययक विधायन समितिमा भएकाले सबैको सल्लाहमा नेपालकै उत्कृष्ट बनाइने भनाई उनको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।