गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे र उनकी पत्नी कोरोना मुक्त भएका छन् । १५ दिनअघी कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेका मुख्य न्यायाधीवक्ता घिमिरे र उनकी पत्नी अर्जना घिमिरे सोमबार कोरोना संक्रमण मुक्त भएका हुन् । मुख्य न्यायाधीवक्ता घिमिरेले सोमबार बेलुका सामाजिक सञ्जाल फेसुवुकमा स्टाटस लेख्दै आफू र पत्नी अर्जना कोरोना संक्रमणबाट मुक्त भएको जनाएका हुन् ।

घिमिरे दम्पतीसँगै कोरोना संक्रमण भएकी उनकी आमा मालिकादेवी घिमिरेको भने पुनः कोरोना संत्रमण पोजिटिभ रिपोर्ट आएको स्टाटसमा उल्लेख छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको र पुनः परिक्षण गरुञ्जेल होम आइसोलेसनमै रहने घिमिरेको स्टाटसमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







