पोखरामा भीरबाट लडेर एकको मृत्यू


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित




पोखरामा भीरबाट लडेर एकजनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका ४८ वर्षिय ओङ्छु शेर्पाको भीरबाट लडेर मृत्यू भएको हो । मृतक हेमजास्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारका रुपमा कार्यरत रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको स्थायी घर भने सोलुखुम्बु जिल्लाको लिखुपिके रहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।

शेर्पा आज विहान करीब साढे ८ बजे गुम्बा नजिकैको भीरबाट ३ सय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।