पोखरामा भोलिदेखि दोस्रो क्लव स्तरिय हक्की प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरामा भोलिदेखि दोस्रो क्लवस्तरिय हक्की प्रतियोगिता २०७८ हुने भएको छ । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको हो ।

प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लव र भिन्तुना हक्की क्लवको सहभागिता रहने छ ।

आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहने छ । महिला टिम समेत पुरुष टिम संग भिडनेछन । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।