पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पोखरा राइनोजमाथि जित हाँसिल गरेको छ । टियु खेल मैदानमा आज भएको खेलमा टाइगर्सले राइनोजलाई ९ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो । जितका लागि १ सय २४ रन पछ्याएको चितवनले १६.४ ओभरमा मात्रै १ विकेटको क्षतिमा उक्त लक्ष्य भट्यायो । चितवनको जितमा मोहम्मद शेहजादले अभिजित ६३ तथा भिम सार्कीले अभिजित ५४ रन जोडे ।
पोखराको व्याटिङ्गमा बिबेक कुमार यादवले अभिजित ५३ रन जोडेपनि अन्य ब्याट्म्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । पोखराका लागि असेला गुणरत्नेले २५ तथा रिचार्ड लेभिले २० रन बनाएका थिए । चितवनका बलरहरु साहब आलमले २, कमलसिंह ऐरीले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
जितसंगै चितवन लिगको शिर्षस्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीनवटै जित हाँसिल गर्दै अंक तालिकामा ६ अंक जोडन सफल भएको छ । लिगमा १ जित र एक बराबरीसंगै ३ अंक जोडेको राइनोजले भोलि भैरहवा ग्लाडिएटर्सको सामना गर्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







