साफ च्याम्पियनसीप फुटबलः नेपालको विजयी सुरुवात


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे। यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ। माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।