पोखरा । नेपाली कांग्रेसका नेता कुलप्रसाद गुरूगंलाई मातृ शोक परेको छ । गुरूगंकी आमा ८८ वर्षीय कनरस्यो गुरूगंको शनिवार विहान आफ्नै निवास पोखरा जिरो कि.मी.मा निधन भएको हो । ने.वि.संघ कास्कीका पुर्व सभापति समेत रहेका गुरूगंकी आमा लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहांको शनिवार नै पोखरामा वौद्द परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
पुर्वसभामुख एवं नेपाली कांग्रेसका पुर्वमहामन्त्री तारानाथ रानाभाट, पुर्वमन्त्रीहरू महादेव गुरूगं, यज्ञवहादुर थापा, कास्की कांग्रेस सभापति कृष्ण के.सी., सचिव देवेन्द्र रानाभाट, पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे सहितका नेपाली कांग्रसका नेताहरूले रामघाट वौद्द अर्घौं सदनमा पुगी समवेदना प्रकट गर्नुभएको थियो । स्वर्गीय गुरूगंका दुई छोरा र एक छोरी छन् । कान्छो छोरा कुलप्रसाद २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पोखरा उपमहानगर पालिकाको उपमेयरको उमेदवार हुनुहुन्थ्यो । २०४६ सालको परिवर्तन उहांले कास्कीमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







