नेकपा एस अन्नपूर्ण गाउपालिकाकाे सचिवमा नाम राखेकाेप्रति सुवेदिकाे आपत्ति

- आफू एमालेमै रहेको दाबी


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित




पाेखरा असाेज १६ । नेकपा (एकीकृत समाजवादी ) अन्नपूर्ण गाउपालिका कास्कीकाे सचिवमा अाफ्नाे नाम राखिएकाे भन्दै नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका सचिवालय सदस्य टंक प्रसाद सुवेदीले अापत्ति जनाएका छन । अाईतवार एक विज्ञप्ति जारि गर्दै उनले अाफु उपस्थित नरहेकाे कार्यक्रममा अाफ्नाे नाम एकिकृत समाजवादीकाे सचिवमा राखेर मानमर्दन र विचारमा अांच पुर्‍याउने कार्यप्रति घाेर अापत्ति जनाएका हुन । उनले भ्रम र झुटकाे खेति नगर्न र भ्रममा नपर्न समेत कार्यकर्ता लाई अाग्रह गरेका छन । उनले जारि गरेकाे विज्ञप्तिमा भनिएकाे छ “कास्की जिल्ला अन्नपूर्ण गा. पा. वडा नं: ८ निवासि म टंक प्रसाद सुवेदी नेकपा एमाले अन्नपूर्ण गा. पा. कमिटीको सचिवालय सदस्य तथा वडा नम्वर ८ काे पार्टी सदस्य रहेकाे छु ।

मिति २०७८/०६/१६ गतेकाे दिन मलाई कुनै जानकारि, विना उपस्थिति मराे मान मर्दन र विचारमा अांच पुर्‍याउने हिसाबले कथा कथित नेकपा एकीकृत समाजवादी अन्नपूर्ण गा. पा.काे सचिव भनी नाम जाेडिएकाले म नेकपा एमालेकाे निष्ठावान कार्यकर्ताकाे हिसावले खेद व्यक्त गर्दछु । यस्ता भ्रामक र झुटकाे खेति नगर्न र भ्रममा नपर्न समेत यसै विज्ञप्ति मार्फत अनुराेध गर्दै साे पार्टीमा मेराे कुनै संलग्नता नरहेकाे समेत जानकारी गराउदछु ।” शनिवार नेकपा एकीकृत समाजवादीले उनकाे नाम गाउपालिका कमिटीको सचिवमा रहेकाे जनाएकाे थियाे ।

यसैविच नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका अध्यक्ष गाैरि प्रसाद सुवेदीले टंकप्रसाद सुवेदी नेकपा एमाले अन्नपूर्ण गाउपालिका कमिटीको सचिवालय सदस्य तथा वडा नम्बर ८काे सचिवानै सक्रिय रहेकाे भन्दै भ्रमपुर्ण समाचार प्रति खेद व्यक्त गरेका छन । उनले अाईतवारनै विज्ञप्ति जारि गर्दै नेकपा एकीकृत समाजवादी अन्नपूर्ण गाउपालिका कमिटिकाे सचिवमा सुवेदीकाे नाम राखिएको प्रति खेद ब्यक्त गरेका हुन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।