पोखरा । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित निकालेको छ ।
वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो । राइनोज जितको नजिकै पुगेको अवस्थामा भारि वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक सहित तालिकामा दोश्रो स्थानमै यथावत रहेको छ ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर काठमाण्डौलाई ब्याटिङ्गको निम्तो दिएको थियो । काठमाण्डौले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पा¥यो । काठमाण्डौको ब्याटिङ्गमा अमित श्रेष्ठले ५६, रायन ब्रुलले ५० तथा कप्तान सन्दिप लामिछानेले ३१ रन जोड । पोखराको बलिङ्गमा विवेक कुमार यादवले ३ तथा नन्दन यादव र किशोर महतोले समान १–१ विकेट हात पारे ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए । विवेक यादवले ४१ तथा लोकेश बमले अविजित १८ बनाए । प्रारम्भिक ब्याट्सम्यान रिचार्ड लेभिले १८ रनको योगदान
दिए । काठमाण्डौका बलरहरु गुल्सन झा र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए ।
पोखराले यसअघि विराटनगर र ललितपुरलाई पराजित गरेको थियो । भैरहवासंगको खेल वर्षातका कारण अवरुद्ध हुन पुग्दा अंक बाँडेको पोखरा चितवन टाइगरसंग पराजित भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







