फाइल तस्बीर
घटस्थापना ( असोज २१ गते) देखि कोजाग्रत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द हुने गर्ने निर्णय भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको (मंगलबार) बसेको पूर्ण बैठकले असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते कोजाग्रत पूर्णिमा सम्मका लागि सबै अदालत बन्द गर्ने निर्णय गरेको हो।
तर, विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुंगो पनि लगाइएको छ। विदाका समयमा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश हेर्ने समय ११ देखि ३ बजेसम्मका लागि छुट्याइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







