पत्रकार जमुना वर्षा शर्मा ‘उत्कृष्ट टान पत्रकारिता पुरस्कार–२०७७’बाट पुरस्कृत भएकी छन् । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशनको उद्घाटन शत्रको अवसरमा शर्मा पुरस्कृत भएकी हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नगदसहित दोषल्ला र प्रमणपत्रले सम्मान गरे ।
पुरस्कृत शर्मा राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छिन् भने उनी प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य हुन् । शर्मा सञ्चारिका समूह गण्डकी प्रदेशकी निवर्तमान अध्यक्षसमेत हुन् ।
यसैबीच, टान पश्चिमाञ्चललले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको भवन निर्माणका लागि ५० हजार सहयोग गरेको छ । अधिवेशन उद्घाटनको अवसरमा टानले महासंघलाई सहयोग गरेको हो । कार्यक्रममा टानका अध्यक्ष हरि भुजेलले महासंघका सचिव ईन्द्र पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







