‘युवासँग महालक्ष्मी लाईफ’ समिति गठन र शुभकामना आदान प्रदान सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित




पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी’ राष्ट्रिय बिमा जागरण अभियान कास्की समितिको गठन गरेको छ । सो इन्स्योरेन्सको बिहिबार पोखरामा बिजयादशमी तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सन्तोष पराजुलीको संयोजकत्वमा २१ सदस्यीय समिति घोषणा गरिएको हो ।

उक्त इन्स्योरेन्सका नायब महाप्रबन्धक प्रशान्तराज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धमलाले आम सर्वसाधारणमा बिमाबारे जनचेतनाका लागि बिमा जागरण राष्ट्रिय अभियान सन्चालन गरिएको र यसमा युवाहरुको बीचमा प्रभावकारिताको साथ काम गर्ने लक्ष्य रहेको उल्लेख गरे । धमलाले युवासँग महालक्ष्मी कार्यक्रम युवाहरुलाई जागरुक बनाउँदै अघि बढ्न सहयोगी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा युवासँग महालक्ष्मी कार्यक्रमका केन्द्रीय सदस्यहरु मन्जु गुरुङ, सम्मर बहादुर थापा, दिपा राना, अभिकर्ताद्वय दिपक पौडेल र रेजिना आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रबन्धक अखिल धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चाालन पोखरा शाखा प्रमुख रामजी प्रसाद लम्साल र स्वागत लेखनाथ शाखा प्रमुख सुरज बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।