स्वास्थ्य मापदण्डलाई पालना गरेर चाँड पर्व मनाउन मन्त्री बरालको आग्रह


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले कोभिड १९ बाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आ—आफ्नो गक्ष अनुसार चार्ड—पर्व मनाउन आग्रह गरेका छन्। दलित महिला संघ जिल्ला शाखा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कोभिडले पारेको प्रभावका बारेमा सरोकारवालासंगको अन्तरक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले कोरोनाको प्रभाव अझै पनि कायम रहेकोले चार्ड पर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो गक्ष अनुसार चार्ड—पर्वहरु मनाउन आग्रह गरेका हुन्।
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ—दीपावली, नेपाल सम्वत, छठ, इद, लगायतका चार्ड—पर्व आफ्नो समय र परिस्थिती अनुसार मनाउनु पर्नेमा मन्त्री बरालले जोड दिए । कोडिभसंग विजयी हासिल गर्ने गरी उच्च सावधानिका साथ चार्ड—पर्व मनाउनु पर्ने अबस्था रहेको उनले जनाए । यस्ता कार्यक्रमले सरकारलाई समेत टेवा पुग्ने मन्त्री बरालले विश्वास व्यक्त गरे ।
समाजमा अझै पनि विभेद कायम रहेकोले त्यसको अन्त्यको लागि सवै लाग्नु पर्ने उनको भनाई थियो । संघ कास्कीका अध्यक्ष सुमित्रा गन्र्दभको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २५ जना सहभागि भएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यालय स्वास्थ्य महाशाखाका प्रतिनिधि फुलदेव तिमिल्सिनाले कार्यक्रममा सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।