पोखरा । नेपाल राष्ट्रिय कर्मचारी महासंघ कास्कीको नेत्र तिमिल्सनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
शुक्रबार पोखरामा भएका भेलाले तिमिल्सनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो । भेलाले समितिको बाँकी जिम्मेवारी पहिलो बैठकमार्फत बाडफाड गर्ने निर्णय गरेको छ ।
यस्तै भेलाले महासंघका संस्थापक तथा केन्द्रिय सदस्य अर्जुन पौडेलको संयोजकत्वमा दुर्गा भुजेल, भुमीप्रसाद शर्मा, रोमनाथ उपाध्याय सहितको सल्लाहाकार समिति गठन गरेको छ ।
कार्यक्रममा समितिका क्रियाशिल सदस्य तारादेवी बराल र डिल्ली ढुंगानालाई सम्मान समेत गरिएको नवनिर्वाचित अध्यक्ष तिमिल्सनाले जानकारी दिए । सम्मानित दुबै जना हालसालै सरकारी सेवाबाट निबृत्त भएका हुन् ।
कार्यक्रममा नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदन प्रदान गरिएको नवनियुक्त अध्यक्ष तिमिल्सनाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







