फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दुई ठाउँमा चिप्लिएका छन् । अर्ध लिखित सम्बोधन गरेका उनी दुई ठाउँमा चिप्लिएका हुन् । सम्बोधनको शुरुमै उनले महाकवी लक्ष्मीप्रसाद देवकोटा र युवा कवि मोतिराम भट्टको जन्मभूमि गण्डकी प्रदेश हो भनेर उनले गलत सन्देश दिए । महाकवि देवकोटा र भट्ट गण्डकी प्रदेशका नभई वागमती प्रदेशका हुन् ।
त्यस्तै गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भएको भनेर उनले दोश्रो गलत सन्देश दिए । प्रधानमन्त्रीले गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भनेपनि उनले दिएको तथ्याङ्क सहि होइन । किनभने यसअघी नै वागमती प्रदेश साक्षर प्रदेश घोषणा भइसकेको छ । त्यसैले साक्षर प्रदेश हुने अवसर वागमती प्रदेशले प्राप्त गरेको छ ।
प्रधानमन्त्री देउवाले लिखित सम्बोधन गरेका थिए । तर उनले सम्बोधनको शुरुवात लिखितबाट नभई मौखिक रुपमा गरेका थिए । जसका कारण उनी चिप्लिएको अनुमान गरिएको छ । श्रोतका अनुसार लिखित भाषणमा प्रधानमन्त्रीले दिएको महाकवि देवकोटा र युवा कवि भट्ट गण्डकी प्रदेशका हुन् भन्ने र गण्डकी प्रदेश पहिलो साक्षर प्रदेश भन्ने तथ्याङ्क लिखित भाषणमा थिएन । श्रोतले भन्यो,‘लिखित भाषणमा त्यस्तो थिएन, उहाँ आफैले मौखिक भाषण गर्दा गलत तथ्याङ्क आयो ।’
प्रधानमन्त्री देउवाले गलत तथ्याङ्क दिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीको व्यापक आलोचना भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत…







