विवाह भोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित




विवाह भोज खान गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विवाह भोज खान गएका स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ कमेरेमाटा बस्ने ५६ वर्षिय टीकाराम नेपाली मृत अवस्थामा फेला परेका हुन् ।

विवाह भोज खान गएका नेपाली नफर्केपछि खोजतलास गर्दा पुतलीबजार वडा नम्बर ३ कै काफलडाँडा गोरेटो बाटोदेखि अन्दाजी एक सय मिटर तल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।