जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाभित्र संचालनमा रहेका ५ औषधि पसललाई कारबाही गरेको छ।
औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका ५ औषधि पसललाई कारबाही गरी जरिवाना गरेको हो। म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसलहरु कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्ने स्वास्थ्य संस्थाहरुमा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसंगीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर कारबाहीमा परेको हो। मोनिका मेडिसिन स्टोरलाई ५ हजार रुपैयाँ र अन्य ४ वटालाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गराइएको हो।
जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द…







