प्रधानमन्त्री देउवा र मणिभद्रमुनिजी महाराजविच भेटवार्ता


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित




पोखरा । प्रधानमन्त्री शेरबहादूर देउवा र मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी जैन सन्त डा Þ मणिभद्र मुनिजी महाराज बिच भेटवार्ता भएको छ ।


सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र डा मणिभद्र मुनिजी महाराजबीच भेटवार्ता भएको हो ।


भेटवार्ताका क्रममा डा महाराजले धर्ममा आस्था राख्ने व्यतिm प्रधानमन्त्रीको रुपमा पाउँदा धार्मिक संघ संस्थाले आफूहरु बलियो भएको महसुस गरेको बताए ।


महाराजले प्रधानमन्त्री देउवालाई सबै नेपालीको मनमा बस्न सफल हुने खालको काम गर्न र आफू प्रधानमन्त्रीको सपथ लिदा गरेको बाचा ध्यानमा राखेर देशको विकास गर्न आशीर्वाद सँगै सुझाव दिए ।


सो अवसरमा प्रधानमन्त्री देउवाले महाराजलाई दोसल्ला ओढायएर सम्मान गर्दै केही बर्ष पहिला आफू महाराज सँग आशीर्वाद लिनको लागी जैन भवन जाँदाको कुरा स्मरण गरेका थिए । महाराजको सुझाव आँफूले आशीर्वादको रुपमा लिएको बताए ।


सोही भेटवार्ताका अवसरमा महाराजद्वारा नेपाली भाषामा अनुवादित उत्तर अध्ययन सुत्र ग्रन्थ प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।