नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुभवको कमीले नेपालले फाइनल गुमाएको बताएका छन् । साफ च्याम्पीयनसीपको उपाधि भिडन्तमा ३÷० ले पराजित भएसँगै उपबिजेतामा चित्त बुझाएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै नेपालका मुख्य प्रशिक्षक अलमुताईरीले फाइनल खेलको अनुभव नहुँदा आफ्नो टोलीले हारेको प्रतिक्रिया दिएका हुन् ।
साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् । ‘हामीले आजको फाइनल हार्यो किनभने हामीसँग फाइनल खेलेको अनुभव थिएन’-उनले भने । उनले एक मिनेट भित्रै दुई गोल खाँदा आफ्ना खेलाडी सम्हालिन नसकेको बताए । तरपनि अट्याकिङ खेल खेलेको उनको भनाई छ ।
मुख्य प्रशिक्षक अल्मुताइरीले अब करीब २ हप्ता आफूले आराम गर्ने बताए । त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय गर्ने उनले बताए । पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएपनि नेपाली जनताले दिएको माया भने भुल्न नसक्ने उनले बताए । उनले नेपाली खेलाडी र नेपाली जनताले माया दिएको भन्दै उनीहरुलाई कहिल्यै नभुल्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







