साङ्केतिक तस्विर
पोखरामा जिपको ठक्करबाट एक जनाको मृत्यू भएको छ । अर्का एक जना घाईते भएका छन् । ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करबाट कास्की मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको मृत्यू भएको हो । जिपको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा क्षेत्रीको मृत्यू भएको प्रहरीको भनाई छ । सोहि मोटरसाइकलमा सवार सन्दीप केसी पनि घाईते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
ठक्कर दिने जिपलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







