एमाले महासचिव पोखरेलले भेटे विरामी मेयर जिसीलाई


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७८ मा प्रकाशित




नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेका छन् । नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न मेयर जिसीको निवास पुगेका थिए । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीपनि जिसी निवास पुगेका थिए ।
भेटका क्रममा एमाले महासचिव पोखरेलले जिसीलाई ‘तपाईंलाई कस्तो छ रु’ भनेर सोध्दा जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताएको मेयर जिसीको सचिवालयले जनाएको छ । महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
गत साउन १ गते अचानक मष्तिस्क घातभएपछि उपचारको लागि काठमाडौं गएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किएका थिए । फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ भने उनले अहिले नियमित फिजियोथेरापी गरिरहेको प्रेस संयोजक बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।