पोखरा । सुदिप श्रेष्ठ ‘साम’को नयाँ गीत ‘म हिडे घर ….’ सार्वजनिक भएको छ । नेपालीहरुको मुख्य चाड दशैं लगायत चाडपर्वमा नेपाल बाहिर रहेका नेपालीहरुको भावनात्मक यथार्थलाई टपक्क टिपेर गायक सुदिपले उक्त गीत सार्वजनिक गरेका हुन् ।
हाल डेनमार्क बस्दै आएका उनले परदेशी नेपालीहरुको कथा–व्यथा समेटेर पप र्याप शैलीमा तयार पारेको ‘म हिडे घर ….’ दशैको अवसर पारेर फुलपातीको दिन सार्वजनिक भएको छ ।
विभिन्न कारणले आफन्नो जन्मस्थल, आफूलाई माया गर्ने आफन्तजन र साथीभाईहरुबाट टाढा भई परदेशमै रहनुपर्ने बाध्यतालाई भाव झल्किएको छ ।
गायक सुदिपले भने, ‘हरेक परदेशीहरुको चाहाना पक्कै पनि अन्ततः स्वदेश फर्कने नै हुन्छ तर पनि विभिन्न कारणले आफ्नो जन्मस्थल, आफुलाई मायागर्ने आफन्तजन तथा साथिभाईहरुबाट टाढा भइ परदेशमै रहनु पर्ने बाध्यता छ ।’, ‘घरबाट टाढा रही सुनौलो भविष्यको लागि संघर्ष गर्दै घर फर्कने दिनको प्रतिक्षामा रहेकाहरुमा गीत समर्पित गरेको छु । ’
गायक सुदिप र मन्दिरा जोशीले रचना गरेको गीतमा सुदिपलेनै स्वर र संगीत भरेका छन् ।

सुदीपको आफ्नै युटुब च्यानबाट सार्वजनिक भएको गीतरभीडियोलाई धेरै दर्शकहरुले मन पराएर राम्रो प्रतिक्रियाहरुबाट अझ बढी हौसला मिलिरहेको बताए ।
डेनमार्कको कोपेनहेगन र आसपासमा छायांकन गरिएको भीडियोमा सुवास महर्जन र जेस् भट्टराईको मुख्य भुमिका रहेको छ भने सुशील घिमिरेको सहायक भुमिका रहेको छ । रेलोनले संगीत संयोजन गरेको गीतको भीडियो छायांकन सुशील घिमिरे र रतिस तुलाधरले गरेका हुन् । यस्तै कलरिङ् दिनेश जङ्ग रानाको रहेको छ ।
झापा घर भएका सुदीपले सन् २००२ मा ‘अनुरोध तिमिलाई‘’ भन्ने गीत रेकर्ड गरेर साँगीतिक यात्रा शुरु गरेका थिए । हाल उनि केही वर्षदेखि डेनमार्कमै छन् र त्यहाँको नेपाली ‘लकडाउन ब्याण्ड’ का मुख्य गायकको भूमिकामा छन् । विभिन्न कार्यक्रमहरुमा गाउने उनका अन्य ५ गीतहरुपनि युटुबमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिदैं गर्दा चुनावी सरगर्मी पनि निकै बढेको…








