नेपाल–इन्डोनेसिया (यु–२३) को मैत्रीपूर्ण खेल आज


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपाल र इन्डोनेसियाको यु–२३ राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) मैत्रीपूर्ण खेल खेल्दैछ।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ।

एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान रहेको छ।

नेपालले छनोटको पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ। दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।

छनोट प्रतियोगिताका ११ समूहबाट शीर्ष टोली सिधै एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछन्। यस्तै, दोस्रो स्थानमध्येको उत्कृष्ट ४ टोलीले पनि यु–२३ एसियन कप खेल्न पाउनेछन्।

मुख्य प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ।

नेपाली टोली

२३ सदस्यीय नेपाली टोलीमा गोलरक्षकहरु विशाल सुनार, अर्पण कार्की र अभिषेक बराल छन्। त्यस्तै, डिफेन्डरहरुमा गौतम श्रेष्ठ, सुमन अर्याल, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु र शिव गुरुङ छन्। मिडफिल्डरहरुमा आयुष घलान, नितिन थापा, सुरजज्यू ठकुरी, सेसेहाङ आङदेम्वे, एरिक विष्ट, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर र रोशन पहारी छन्। त्यस्तै, दर्शन गुरुङ, मनिष डाँगी, अभिषेक रिजाल, ऋतिक कुमार खड्काले फरवार्ड पंक्ति सम्हाल्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।