डब्ल्यूएचओको चेतावनी: कोरोना महामारी एक वर्ष लम्बिन सक्छ


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारी अझै १ वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ।

अझैपनि, गरीब मुलुकमा पर्याप्त मात्रामा कोरोना खोप नपुगेकाले महामारी अझै एक वर्षसम्म लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो।

डब्ल्यूएचओका शीर्ष अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी नसकिने बताएका हुन्।

अहिलेसम्म अफ्रिकाका ५ प्रतिशतभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन्। अन्य महादेशमा भने ४० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेका छन्। आयलवर्डले कोरोना खोप नपाएका अन्य मुलुकलाई सहयोग गर्न धनी मुलुकसमक्ष आग्रह गरेका छन्।

विश्वभर कोरोना खोप पु¥याउन डब्ल्यूएचओको नेतृत्वमा ल्याएको कोभ्याक्स कार्यक्रमले पनि लक्ष्य अनुसारको खोप वितरण गर्न सकेको छैन।

त्यसैले पनि अफ्रिकी मुलुकमा कोरोना खोपको अभाव भएको हो। कोभ्यास कार्यक्रमअन्तर्गत सन् २०२१ भित्र २ अर्ब डोज खोप वितरणको लक्ष्य थियो। तर, अहिलेसम्म केवल ३७ करोड १० लाख डोज खोप मात्र कोभ्यास कार्यक्रममार्फत वितरण भएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।