तस्बीरः एजेन्सी
नेपालको (यु–२३) टोली मैत्रीपूर्ण फुटबल खेलमा इन्डोनेसियासँग मैत्रीपूर्ण हारेको छ।
ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको यु–२३ टोली इन्डोनेसियाको यु–२३ टोलीसँग २–० गोल अन्तरले हारेको हो।
एएफसी यु–२३ एसियाकप छनोट खेल्न ताजिकिस्तान पुगेको नेपालले तयारीस्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो।
ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियमा भएको खेलमा इन्डोनेसियाले नेपालविरुद्ध दोस्रो हाफमा २ गोल गर्दै मैत्रीपूर्ण खेल जितेको हो।
छनोटमा नेपाल समूह ‘बी’ मा छ। यस समूहमा ताजाकिस्तान, लेबनान र इरान छन्। नेपालले पहिलो प्रतिस्पर्धा यही अक्टोबर २५ मा इरानसँग गर्नेछ।
छनोटको समूहको शीर्ष स्थानमा रहने टोलीले सीधै यू–२३ एसियाकप खेल्न छनोट खेल्नेछ। सबै समूहका दोस्रो हुने टोली मध्ये ४ उपविजेता टोलीले पनि प्रतियोगिता खेल्न पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







