पोखरा । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ(हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध निर्वाचित भएका छन् ।
हिसानको आज पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्सीय प्रदेश समिति निर्वाचित गरेको हो ।
पोखराको स्टेप वाई स्टेप माध्यमिक विद्यालयका संस्थापक तथा निर्देशक रहेका बराल हिसानको केन्द्रीय सल्लाहकार समेत हुन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा(कास्की), उपाध्यक्ष छबिलाल कँडेल(नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल(कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल(कास्की),सहसचिवमा बालाकृष्ण शर्मा(बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला(नवलपुर) चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कमलराज सापकोटा(कास्की), लिलानाथ काफ्ले(तनहुँ),जनक केसी(गोरखा),धनबहादुर थापा(कास्की),लिलावति प्रधान(कास्की) र दीपक शर्मा मरासिनी(स्याङ्जा) रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी, बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्र केशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन भए । आमन्त्रित सदस्यमा डा त्रिभुवन शर्मा पौडेल छन् । नवनिर्वाचित अध्यक्ष बरालले प्रदेशका बाँकी जिल्लामा हिसानको जिल्ला समिति छिट्टै गठन गर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज २० फेवाताल संसारकै सुन्दर तालमध्यको एक हो । माछापुच्छ«े…







